कोरोना कहर : कैलाली प्रशासनले टोकन प्रणालीबाट सेवा दिने

अत्तरिया : जिल्ला प्रशासन कार्यालय कैलालीले टोकन प्रणालीबाट सेवा दिने भएको छ। जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासन कार्यालयले सोमबारबाट यस्तो सेवा प्रणाली सुरु गर्ने हो।
आईतबार प्रशासनले एक सूचना जारी गर्दै नयाँ नागरिकताका लागि दैनिक ४० टोकन प्रदान वितरण गरिने र सेवा लिने दिन विहान १० बजेदेखि २ वजेभित्र टोकन लिइसक्नुपर्ने जनाएको छ। यस्तै नागरिकताको प्रतिलिपिका लागि दैनिक ६० तथा राष्ट्रिय परिचय पत्रका लागि ८० टोकन वितरण गर्ने जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.