Agni Offset Press

रेडक्रस कैलालीलाई ‘मोबाइल ब्लड बैङ्क बस’ हस्तान्तरण

Aarati simant

धनगढी, ३ माघ : गैर आवासीय नेपालीहरूको सहयोगमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई ‘मोबाइल ब्लड बैङ्क बस’ हस्तान्तरण गरेका छ ।
सोमबार एक कार्यक्रमकाबीच ब्लड बैङ्क बस हस्तान्तरण गरेको हो । नेपालमा गैर आवासीय नेपाली सङ्घका अध्यक्षसहित पदाधिकारीहरुले धनगढी उपमहानगरपालिकामार्फत प्रादेशिक रक्त सञ्चार सेवा नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको हो ।
करिब ६० को सो बसका लागि गैर आवासीय नेपालीहरूबाट ४८ लाख सहयोग सङ्कलन भएको थियो । बाँकी रकम आइसिसीको खाताबाट पछि बेहोर्ने गरी खरिद गरिएको एनआरएनएले जनाएको छ ।
परियोजनाका लागि सुदूरपश्चिमेली समाज अन्तर्राष्ट्रिय समिति, सुदूरपश्चिम समाज जापान, एनआरएनए अमेरिका, अस्ट्रेलिया , कोरिया, केन्या, सेसल्स, युगान्डा, जापान, क्यानडा, नाइजेरिया, साइप्रस, जाम्बिया, न्युजिल्यान्ड, नेदरल्यान्ड, घाना, जाम्बिया, सुदूरपश्चिम समाजहरु अमेरिका, टेक्सस अमेरिका, कोरिया, भिक्टोरिया अस्ट्रेलिया, सिडनी अस्ट्रेलिया र बेलायत, एनआरएन महिला समिति युरोप, अन्तर्राष्ट्रिय ब्लड डोनर्स एसिसियसन, ह्य्मानिटी फाउन्डेसन, टीकापुर सरोकार समूह, रोटरी क्लब अफ न्युवर्क, एनआरएनए अन्तर्राष्ट्रिय समिति लगायतले सहयोग पु¥याएका थिए ।
मोबाइल ब्लड बस सुदूरपश्चिमका सबै जिल्लाहरूमा आवश्यकता अनुसार सञ्चालन गरिनेछ । एनआरएनएले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत पहिलो घुम्ती रगत बस भरतपुर महानगरपालिकामार्फत चितवन रेडक्रसलाई हस्तान्तरण गरिसकेको छ भने आगामी दिनमा सबै प्रदेशमा पु¥याउने लक्ष्य राखेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.