Agni Offset Press

अवैध सालको काठ बरामद

Aarati simant

अत्तरिया, ३ माघ : कैलालीमा अवैध सालको काठ बरामद गरिएको छ । प्रहरीले सोमबार बर्दगोरिया गाउँपालिका ३ रानीकुण्डाबाट सालका ६ थान गोलिया बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरी टोलीले से १ त ५५६० र से २ त ११२ नम्बरको ट्याक्टरबाट उक्त काठ बरामद गरेको जनाएको छ । ७ फिट लम्बाईका सालका गोलिया ट्याक्टरमा अवैध रुपमा लुकाईछिपाई ओसारपोसार गरिरहेको अवस्थामा बरामद गरिएको थियो ।
बरामद गरेर सो काठ कारबाहीको लागि सव डिभिजन वन कार्यालय बौनियामा बुझाईएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.