उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

अत्तरिया : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र मधेश प्रदेश लगायत पहाडी भूभागहरूमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागि रहेको छ ।
मंगलबार दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । सुदूरपश्चिमका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहने छ। देशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.