Agni Offset Press

केदारस्युँ गाउँपालिकाका अध्यक्ष विकमाथि हातपात

Aarati simant

अत्तरिया : बझाङको केदारस्युँ गाउँपालिका २ का वडाध्यक्ष चक्र विकमाथि हातपात भएको छ । केदारस्युँ गाउँपालिका १ का स्थानीय ४५ वर्षीय गजेन्द्र भण्डारीले सोमबार दिउँसो मदिरा सेवन गरी वडाध्यक्ष विकमाथि हातपात गरेका हुन् ।

काम गरेको रकम नदिएको भन्दै भण्डारीले अपशब्द प्रयोग गर्दै वडाध्यक्ष विकमाथि हातपात गरेको प्रहरीले जनाएको छ । हातपात गर्ने भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

वडाअध्यक्ष विक गाउँपालिकाबाट घर आउने क्रममा केदारस्युको देउरा बजारमा गालीगलोज गरेर झम्टन आएको भन्दै वडाअध्यक्ष विकले रायल प्रहरी चौकीमा निवेदन दिएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.