Agni Offset Press

गठबन्धन बैठक : वैशाखमै निर्वाचन गर्न दलहरू सहमत

Aarati simant

काठमाडौँ : सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा मंगलबार बिहान साढे ९ बजेपछि बसेको बैठकमा दलहरूले स्थानीय निर्वाचनलगायतका विषयमा छलफल गरेका थिए । छलफलका क्रममा दलहरू निर्धारित समयमै निर्वाचन सम्पन्न गराउन सहमत भएका छन् ।

गठबन्धनका एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयकाअनुसार दलहरूबीच वैशाखमै निर्वाचन गराउने विषयमा सहमति जुटेको हो । ‘स्थानीय निर्वाचन निर्धारित समयमै गर्ने दलहरूबीच सहमित बनेको छ,’ प्रचण्ड सचिवालयका सदस्य रमेश मल्लले भनेका छन् ।

अब थप छलफलका लागि माघ ६ गते अर्को बैठक बस्नेछ  । निर्वाचन आयोगले दलहरूलाई चाँडोभन्दा चाँडो निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको छ । गत पुस २९ गते आयोगमा बसेको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगलाई निर्वाचनको तयारीका लागि १२० दिनभन्दा बढी दिन लाग्ने स्मरण गराउँदै चाँडो निर्णयमा पुग्न आह्वान गरेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.