अत्तरिया : सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो।
२ सय ५७ जनाको पीसीआरमार्फत र २ सय ३१ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ। पीसीआरमार्फत ३ सय ९५ जनाको परीक्षण गर्दा २५७ जनामा संक्रमण देखिएको हो। जुन ६५ प्रतिशतभन्दा बढी हुन्छ।
मंगलबार संक्रमण पुष्टि भएकामध्ये १०१ जना भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५०, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४६ र जुलाघाटबाट फर्केका ५ जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका नाका भएर ९५५ नेपाली स्वदेश फर्केका छन्।
भारतबाट फर्किनेहरुको नाकामै एन्टिजेन परीक्षण हुने क्रम जारी छ। यस्तै सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमितको संख्या झण्डै २२ सय पुगेको छ। २ हजार एक सय ९५ एक्टिभ केस रहेको निर्देशनालयले जनाएको छ।