Agni Offset Press

सुदूरपश्चिममा लगानी गर्छौं : एनआरएन अध्यक्ष पन्त

Aarati simant

अत्तरिया, ४ माघ : उद्योग वाणिज्य संघ कैलालीले मंगलबार गैरआवसीय संघ (एनआरएन)का पदाधिकारीलाई धनगढीमा स्वागत गरेको छ । वाणिज्य संघले कार्यलयमा एक कार्यक्रमको आयोजना गर्दै गैरआवासीय संघका अध्यक्ष कुमार पन्तसहितको टोलीलाई स्वागत गरेको हो ।
कार्यक्रममा स्वागत ग्रहणपछि बोल्दै गैरआवासीय संघका अध्यक्ष पन्तले
कुनै प्रस्ताव आएमा गैरआवासीय संघ सुदूरपश्चिममा लगानी गर्न इच्छुक रहेको बताए । सामाजिक कार्यका लागि गैरआवासीय संघ सुदूरपश्चिमसँग पटक–पटक जोडिएको भन्दै उनले कुनै ठूलो लगानीका आयोजनामा संघ लगानी गर्न तयार रहेको बताए ।
‘आफनो क्षमता अनुसार यस प्रदेशमा धेरै कामहरु गरेका छौं,’ उनले भने, अझै गैरआवासीय संघले गर्नुपर्ने कामहरुको केही प्रस्तावहरु ल्याउनुभयो भने लगानी गर्न तयार छौं ।’ आगामी दिनमा पनि यस प्रदेशसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले ठूलो लगानीका आयोजना निर्माणका लागि गैरआवासीय संघसँग सहकार्य गर्न तयार रहेको बताए । ‘राज्यलाई हामीले जति भनेपनि काम हुँदैन, कुरा मात्रै हुन्छ,’ उनले भने, ‘गर्ने भनेको तपाई हामीले नै हो ।’ उनले सुदूरपश्चिममा एअरलायन्सको ठूलो सम्भावना रहेकोसमेत बताए ।
विगतदेखि नै सुदूरपश्चिमका सम्भावना उजागरका लागि कैलाली उद्योग वाणिज्य संघले आवाज उठाउँदै आएको भन्दै उनले भने, ‘मेला महोत्सव आयोजना गरेर सरकारसंग थुप्रै मागहरु राखेपनि केही मागहरु पूरा हुन सकेका छैनन् । ती मागहरु पूरा गर्न हामी गैरआवासीय संघसंग सहकार्य गर्न चाहन्छौं ।’
कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले स्वागत मन्तव्य राखेका थिए । उनले गैरआवासीय संघका अध्यक्षसहितको टोलीलाई उद्योग बाणिज्य संघ कैलालीमा स्वागत गर्न पाउँदा खुशी महसुश भएको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.