सुदूरपश्चिममा पालिकामार्फत ‘बुस्टर डोज’ लगाइने
अत्तरिया : सुदूरपश्चिममा कोरोना भाइरसको तेस्रो डोज बुस्टर लगाउने अभियान सुरु हुने भएको छ । अबको केही दिनमा प्रदेशका ९ वटै जिल्लामा अभियानका रुपमा बुस्टर डोज सुरु हुने भएको हो ।
‘कोरोनाविरुद्धको खोपका बुस्टर डोज लगाउने अभियान सुरु भइसकेको छैन,’ सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले भने,’ ‘एक-दुई दिन भित्रै खोप लगाउन सुरु हुन्छ ।’
जहाँ खोप उपलब्ध हुन्छ त्यहाँबाट मानिसहरुले खोप लगाउन सक्ने उनले बताए । ‘खोप हिजो मात्रै आयो आज जिल्लाहरुमा पठाइँदैछ,’ उनले भने । यस प्रदेशका लागि एक लाख पाँचहरु कोभिशिल्ड र ५१ हजार भेरोसेल खोप आएको उनले बताए ।
उनका अनुसार बुस्टर जोड पालिकाहरुमार्फत जनताले पाउनेछन् । ‘हामीले खोप पालिकाहरुलाई उपलब्ध गराउछौँ र खोप सञ्चालन पनि पालिकाहरुले नै गर्नेछन् ।’