
अत्तरिया, ५ माघ : कैलालीको गोदावरी नगरपालिका स्वास्थ्य शाखामा कार्यरत सिनियर अनमी निरीक्षक उषा भट्टलाई कोरोना पुष्टि भएको छ । बुधबार उनको स्वास्थ परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो । केही दिनयता उनी रुघाखोकीबाट ग्रसित थिइन् ।
गोदावरीमा नगरपालिकामा रहेर स्वास्थ्यक्षेत्रमा सक्रिय स्वास्थ्यकर्मी हुन् ।
उनी पहिलो र दोस्रो चरणको कोरोनामा नागरिकहरुको घर–घरमा पुगेर औषधी पुगाएका थिईन् । उनी होमआइसोलेशनमा छन् । स्वास्थ्यमा त्यस्तो जटिल समस्या भने नरहेको भट्टले बताइकी छन् । भट्टको श्रीमान बाबुराम बलमपाकी समेत कोरोना संक्रमित भएका छन् । पछिल्लो समय समुुदायमा तेस्रो चरणको कोरोना संक्रमितहरु थपिदैँ गएका छन् ।
