Agni Offset Press

भीमदत्तमा अत्यावश्यक बाहेकका सेवा बन्द

Aarati simant

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । बुधबारसम्म १६ जनामा संक्रमण देखिएपछि ५ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि चन्द ठकुरीले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य, दमकल र सरसफाइ लगायतका सेवा भने निरन्तर चलिरहने छ । ‘अहिले धेरै कर्मचारी आइसोलेसनमा छन्, कतिपय लक्षण देखिएर पनि बसेका छन्,’ उनले भने, ‘त्यही भएर भीडभाड कम गर्न अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेका हौं ।’

कञ्चनपुरमा बुधबार १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ६० जना भीमदत्त नगरपालिका क्षेत्रकै छन् । ८१ जनामा गड्डाचौकी नाकामा संक्रमण देखिएको छ भने बाँकी संक्रमित जिल्लाका अन्य पालिकाका हुन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.