Agni Offset Press

राष्ट्रियसभा निर्वाचन : तयारी अन्तिम चरणमा, कोरोना संक्रमितले भोट हाल्न पाउने

Aarati simant

अत्तरिया, ६ माघ : माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय सभाका तीन सदस्यका लागि सुदूरपश्चिममा निर्वाचन हुँदै छ । सुदूरपश्चिम प्रदेशसभाको प्राङगणमा मतदानस्थल तोकीएको छ । मतदानका लागि अन्तिम चरणमा पुगेको निर्वाचन अधिकारी प्रेम भट्टले जानकारी दिएका छन् । ‘तयारी अन्तिम चरणमा पुगेको छ । पर्सिसम्म काठमाण्डौँबाट मतपत्र पुग्ने छन्’ अधिकारी भट्टले भने ।
राष्ट्रियसभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट विभिन्न दलका ६ जना उम्मेदवारी परेको छ ।
राष्ट्रियसभाका तीन सदस्यका लागि सुदूरपश्चिमबाट नेपाली काँग्रेस, एकीकृत समाजवादी, नेकपा एमाले र माओवादी केन्द्रले उम्मेद्वारी दिएका छन् ।
गठबन्धनकातर्फबाट नेपाली कांग्रेसको तर्फ खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाह उम्मेद्वारी दिएका छन् । यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्ला तर्फ डोटीका डिल्लीराज भट्टले उम्मेद्वारी दिएका छन् । सुदूरपश्चिममा गठबन्धन बलियो छ ।
तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन् । राष्ट्रिय सभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । सातै प्रदेशबाट १९ जनाका लागि निर्वाचन हुनेछ । निर्वाचन आयोगले बिहान १० देखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । प्रदेशको स्थायीमुुकाम धनगढीमा हुने राष्ट्रियसभाको निर्वाचनका लागि सुरक्षा निकायले आफ्नो तयारी अवस्थामा रहेको बताएको छ । ‘स्थानीय, प्रदेश निर्वाचन जस्तो राष्ट्रियसभाको निर्वाचामा धेरै नै तयारी आवश्यक पदैन्’, जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरी नायव उपरीक्षक (डिएसपी) रविन विष्टले भने । ‘२४ घण्टा नै सुरक्षाको पहरा दिने क्षेत्र प्रदेश सभा भित्र हुनेछ । निर्वाचन हुने दिन थप सुरक्षकर्मी परिचालन हुनेनैभयो ।’ मतदाता पनि सबै सचेत वर्ग नै हुने हुँदा त्यस्तो कुनै लफडा नहुने विश्वास डिएसपी विष्टको भनाई रहेको छ ।
कोरोना संक्रमितले पनि राष्ट्रियसभा चुनावमा भोट हाल्न पाउने
कोरोना संक्रमित मतदाताले पनि राष्ट्रियसभा चुनावमा भोट हाल्न पाउने भएका छन् । बुधबार निर्वाचन आयोगले १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गर्ने भनेको हो । ‘कोरोना संक्रमित भएको भए पनि ऊबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने भन्ने भएको छ’ आयोगका साहायक प्रवक्ता कोमलप्रसाद धमलाले भने । उनका अनुसार संक्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिनेछ ।
१९ सदस्यका लागि यही माघ १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ । १९ बुँदे मापदण्डमा आयोगले स्वास्थ्य सतर्कताका विषयहरु समावेश गरेको छ । आयोगका अनुसार प्रत्येक मतदान केन्द्रमा स्वास्थ्यकर्मीको टोली खटिनेछ । र मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच गर्ने व्यवस्था मिलाइनेछ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.