Agni Offset Press

काभ्रे भीरको सडकमा मालबाहक ट्रक उभिएपछि…

Aarati simant

बुधबार पोखराबाट सिमेन्ट लोड गरी मुस्ताङतर्फ जाँदै गरेको ग १ ख ८०८० नम्बरको मालबाहक ट्रक करिव दिउँसो २ बजे सडकमै ठडिएको छ। झन्डै २ सय बोरा सिमेन्ट बोकेर मुस्ताङ जाँदै गरेको ट्रकले सडकको दुरावस्थाका कारण उकालो तान्न सकेन। केही बेर भिरालो सतहमा ट्रक तल माथि भइरह्यो र ट्रकमा लोड गरिएको सिमेन्ट पछाडीको भागमा सर्‍यो।

ट्रक पछाडिको भागमा बढी र अगाडिको भागमा कम वजन भएपछि ट्रक सडकमै ठडिन पुगेको बेनीजोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। उनका अनुसार ट्रक सडकमै ठडिएपछि चालकको होस उडेको थियो। काभ्रेभीरको जोखिमपूर्ण स्थानमा ट्रक ठडिए पनि डरलाग्दो दुर्घटना टरेको सुपरभाइजर शेरचनले बताए।

ट्रक सडकमा ठडिएको दुई घण्टापछि शर्मा गजुरमुखी ब्रेकर उपकरको सहायताले ट्रकलाई डाउन गरी बाहिर निकाल्न सफल भएको उनले जनाए। साँघुरो र निर्माणधीन सडक भएकाले सडक जिक ज्याकको अवस्थामा छ। त्यहाँ कालिगण्डकी करिडोर अन्तर्गत शर्मा गजुरमुखी कन्ट्रक्सनले रक कटिङ गरेर सडक चौडा गर्दैछ। यसका कारण कतिपय स्थानमा सडकको ग्रेड सन्तुलित नहुँदा सवारी साधनलाई आवत—जावतमा समस्या पर्ने गरेको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.