सेती प्रादेशिक अस्पतालको परीक्षणमा थप १६७ जनामा कोरोना संक्रमण

अत्तरिया : कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बिहिबार थप एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई सय ९३ जनाको परीक्षण गर्दा एक सय ६७ जनामा संक्रमण पुष्टि भएको हो।

जुन झण्डै ६० प्रतिशत हुन्छ। अस्पतालमा अहिले १३ जना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। उनका अनुसार गम्भीर प्रकृतिका तीन जनाको आइसियू र एकजनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। यस्तै पछिल्लो २४ घण्टामा सात जना डिस्चार्ज भएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.