त्रिविले रोक्यो सबै परीक्षा

त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका सबै परीक्षाहरु रोकेको छ। कोरोनाको तेस्रो लहरमा पनि सरकारको निर्देशन अवज्ञा गर्दै परीक्षा चलाएको भनेर चर्को आलोचना भएको थियो।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिवि केन्द्र र अन्तर्गतका क्याम्पसहरुमा परीक्षार्थी, कर्मचारी र प्राध्यापकहरूमा समेत कोरोना संक्रमण देखिएका कारण सबै परीक्षा कार्यक्रम रोक्नुपरेको पुष्टि गरेका छन्। जोशीका अनुसार बिहीबारै बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णय लिएको हो।

ुत्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबारको बैठकबाट हाल त्रिविद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु यही माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ त्रिविले निकालेको सूचनामा भनिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.