मुलुकभर थप १२,३३८ जनामा कोरोना संक्रमण
काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप १२ हजारमा ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । नेपालमा हालसम्म ११ हजार ६३२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । नेपालमा हालसम्म कुल ९ लाख ९५ हजार ८८८ जना कोरोना संक्रमित हुँदा ८ लाख १८ हजार ८०९ जना सङ्क्रमणमुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप २ लाख ३४ हजार २१४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यस्तै १० वर्ष मुनिका १८९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५८८ जना कोरोना संक्रमित थपिएका छन् ।