सुदूरपश्चिममा बिहिबार थप ५ सय ३४ जनामा कोरोना संक्रमण

धनगढी,६ माघ : सुदूरपश्चिम प्रदेशमा बिहीबार ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार २८६ जनाको कोरोना परीक्षण गर्दा ५सय ३४ जनामा संक्रमण पुष्टि भएको हो।

२सय ३९जनाको पीसीआरमार्फत र २ सय ९५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।आज संक्रमण पुष्टि भएकामध्ये १ सय ५५जना आजै भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ७४, गड्डाचौकी नाका भएर स्वदेश फर्केका ७६ ,जुलाघाटबाट फर्केका ४,पुलघाट नाका दार्चुलाबाट फर्केका १जनामा संक्रमण पुष्टि भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.