Agni Offset Press

प्रदेशसभा दिवसको अवसरमा सभामुख थापाद्वारा असायलाई खाद्यान्न सहयोग

Aarati simant

अग्नी संवाददाता
अत्तरिया, ६ माघ : धनगढी उपमहानगरपालिका–५ तारानगमा रहेको मानवसेवा आश्रममा रहेका असायहरुलाई खाद्यान्न सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेश सभाको पाचौँ प्रदेशसभा दिवसको अवसर पारेर सभामुख अर्जुनबहादुर थापाले खाद्यान्न सहयोग गरेका हुन् ।

आफ्नो व्यक्तिगत खर्चमा सभामुख थापाले ५० किलो चामल, ७ किलो दाहाल, ८ केजि तरकारी सहयोग गरेका हुन् । ‘प्रदेश सभा दिवस विविध कार्यक्रम गरी मनाईरहेका छौँ’, सभामुख थापाले भने । ‘सानो सहयोग भए पनि असायहरुलाई खाद्यान्न सहयोग गरेका हो ।’

थापाले आश्रममै पुगेर खाद्यान्न हस्तान्तरण गरेका हुन् । २०७४ माघ ७ गते प्रदेश सभाका सांसदले सपथ लिएका दिनलाई प्रदेश सभा दिवसका रुपमा मनाईने गरेको छ । शुक्रबार दिवसको अवसरमा औपोचारिक कार्यक्रम समेत आयोजना गरिने भएको छ । मानवसेवा आश्रममा हाल ६० जना असायहरु रहेका छन् । तीन बर्ष देखि आश्रममा अभिभावक विहिनहरुको लालनपालन गरिदैँ आएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.