Agni Offset Press

धनगढीको पसलबाट प्रहरीले नै मोबाइल चोरेपछि…..

Aarati simant

धनगढी : धनगढीको एक मोबाइल ग्यालरीबाट प्रहरीले नै मोबाइल चोरेको भिडियो सार्वजनिक भएको छ। धनगढी ट्राफिक चौराहमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा एक प्रहरीले मोबाइल चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको हो।

लागूऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली आएको थियो, सञ्चालक सुवास रावलले भने, खानतलासीको नाममा दुई वटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेका छन्।झ उनले चोरीमा सलग्न प्रहरीलाई कार्बहीको माग गर्दै प्रहरीमा नै निवेदन दिएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले सोबारे छानबिन भइरहेको बताए।

 प्रहरीले भने लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट ३ जनालाई पक्राउ गरेको थियो। धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.