धनगढी : धनगढीमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा मोबाइल चोरी गरेका दुई जना प्रहरीमाथि छानबिन सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवना भरतबादुर बुढाललाई हिरातसतमा राखेर छानबिन सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले दुबै जनालाई हिरातसमा राखिएको बताउदै भने, ‘लागूऔषधको कारोबार भइरहेको सूचना पाएपछि मोबाइल ग्यालरीमा खटाइएको थियो। ग्यालरीमा चोरी गरेको भिडियो सार्वजनिक भएपछि उनीहरुलाई हिरातसमा राखिएको हो।’
प्रहरीले लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट तीन जनालाई पक्राउ गरेको थियो। धनगढी–५ का दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ।