कांग्रेस कैलाली सहित १६ जिल्लाको अधिवेशन अनिश्चितका लागि स्थगित
नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगित भएको छ । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण बढ्दै गएको भन्दै कांग्रसले १६ जिल्लाको अधिवेशन स्थगित गरेको हो । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन पुनः कोरोनाका कारण स्थगित गरिएको कांग्रस निर्वाचन समितिले जनाएको छ ।
कोरोना अवस्था सामान्य भएपछि पुनः अधिवेशनको मिति तोकिने कांग्रेसले जनाएको छ । यसअघि अधिवेशन माघ १५ गते गर्ने गरि तोकिएको थियो । पुस २७ गने गर्ने भनिएको जिल्ला अधिवेशन सारेर माघ १५ मा पुर्याइएको थियो ।
नेपाली कांग्रेसले सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर जिल्लाको अधिवेशन गर्न बाँकी छ। केन्द्रीय महाधिवेशन भइसकेपनि यी जिल्लाकै अधिवेशन अझै हुन नसकेको हो । काँग्रेसको १४ औं महाधिवेशनअघि गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन ।