Agni Offset Press

अत्तरिया जुनियर जेसिज २०२२ को अध्यक्षमा : एलआर

Aarati simant

अत्तरिया : अत्तरिया जुनियर जेसिजको अध्यक्षमा लोकराज ओझा (एलआर) चयन भएका छन् । आज सम्पन्न जुनियर जेसिजको ५ औ पदस्थापना तथा शाखा अधिबेशनवाट जुनियर जेसिज बर्ष २०२२ का लागि अध्यक्षमा ओझा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै जुनियर जेसिजको कार्यकारिणी उपाध्यक्ष देवराज भण्डारी र विरेज्द बिसी चयन भएका छन् । यस्तै उपाध्यक्षहरुमा दिपा जोशी , तिर्थराज जोशी , राजेश ओझा र आकाश खड्का चयन भएका छन् । अध्यक्षले मनोनित गर्ने पदहरुमा महासचिव प्रकाश बोहरा, कोषाध्यक्ष जानुका बोहरा र कानुनी सल्लाहकारमा सुलोभ धामीलाई मनोनित गरिएको छ ।
बाँकि पदहरु पहिलो बोर्ड बैठकवाट मनोनित गरिने नव निर्वाचित अध्यक्ष ओझाले बताए । उनले आफुलाई सर्वसम्मत अध्यक्षमा चयन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले आफुले जुनियर जेसिजका लागि गर्नुपर्ने सम्पूर्ण कामहरु प्रतिबद्ध भएर गर्ने बताए । अत्तरिया जेसिज बर्ष २०२१ का अध्यक्ष धर्मराज भट्टको सभापतित्व सम्मपन कार्यक्रममा अत्तरिया जेसिज २०२० का अध्यक्ष पदमराज ओझा प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा अत्तरिया जेसिजका २०२२ का नवनिर्वाचित अध्यक्ष हर्कबहादुर कडायत, महासचिव प्रकाश मल्ल, कानुनी सल्लाहकार मानबहादुर ऐर, अत्तरिया जुनियर जेसिजका सस्थापक अध्यक्ष रोशन खड्का, पुर्व अध्यक्ष देवराज ओझा, तिर्थराज उपाध्याय लगायतको उपस्थित रहेको थियो । कार्यक्रमममा सहभागी अतिथिहरुले नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.