Agni Offset Press

कोरोनाविरुद्धको खोप लगाएर घर फर्किरहेका वृद्धको बाटोमै मृत्यु

Aarati simant

अत्तरिया : कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर फर्किरहेका एक वृद्धको बाटोमै मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका-४ का ५३ वर्षीय रामदास डंगौराको आइतवार मृत्यु भएको हो ।

वडा नम्बर ४ का वडाध्यक्ष भिखराम चौधरीका अनुसार उनी आइतवार दिउँसो कैलारी गाउँपालिकाकै वडा नं। ४ स्थित आधारभूत स्वास्थ्य चौकीमा कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाइसकेपछि हिँडेरै घर फर्किने क्रममा उनको बाटोमै मृत्यु भएको वडाध्यक्ष चौधरीले जानकारी दिए ।

स्वास्थ्य चौकीका अनुसार उनको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो । मृतक डंगौराको घर र स्वास्थ्य चौकीबीचको दूरी करीब ५ सय मिटर मात्रै रहेको बताइएको छ । यद्यपी उनको मृत्यु के कारण भयो भन्ने पुष्टि भएको छैन । उनी हिँडेर स्वास्थ्य चौकी पुगेका थिए । स्वास्थ्य चौकी पुग्दा उनको स्वास्थ्य अवस्थामा पनि सामान्य रहेको आधारभूत स्वास्थ्य चौकी प्रमख रमेश रोकायाले बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.