Agni Offset Press

समाजसेवी पन्तलाई सशस्त्र प्रहरीद्वारा सम्मान

Aarati simant

अत्तरिया, ९ माघ : सशस्त्र प्रहरी वल नेपालले धनगढीका समाजसेवी हेमराज पन्तले सम्मान गरेको छ । आफ्नो २१ औँ स्थापना दिवसका अबसरमा सशस्त्र प्रहरी वल नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरीया कैलालीले पन्तलाई सम्मान गरेको हो ।
सशस्त्र प्रहरी वल नेपाल नं.७ बैद्यनाथ बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गा प्रसाद भट्टराईले उनलाई दोसल्ला र प्रमाण पत्र सहति सम्मान गरेको हो । बिश्व भरी महामारीका रुपमा फैलीएको कोरोना सक्रमणका बेला सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री लगाएतमा सहयोग गरेको भन्दै उनलाई सम्मान गरेको सशस्त्र प्रहरीले जनाएको । समाजसेवी पन्तले महामारीका बेला बिभिन्न सघं सस्थालाई स्वास्थ्य सामग्री सहयोग गर्नुका साथै समस्यामा परेका ब्यक्तिहरु सहयोग गर्दै आएका छन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.