जोशीपुर जेसिज को सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

जोशीपुर, ९ माघ  : कैलालीको जोशीपुर रहेको जोशीपुर जेसिजको सातौं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। जोशीपुर जेसिज वर्ष २०२१ का कोषाध्यक्ष जेसी पदमबहादुर बोहरा को स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी रहेका थिए । यस्तै अतिथिहरुमा जोशीपुर गाउँपालिका उपाध्यक्ष गिता कठरिया, नेपाल जेसिज पुर्व राष्ट्रिय उपाध्यक्ष रामबहादुर बोगटी , जोशीपुर जेसिज का पुर्व अध्यक्ष श्यामदेव कुश्मी,हरिप्रसाद गौतम, विष्णुप्रसाद गौतम, शेखर श्रीपाइली, विष्णुप्रसाद डगौरा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम स्वास्थ्य क्षेत्रको सुधार तथा विस्तार गर्न अतुलनीय योगदान पुर्याएका प्राथमिक स्वास्थ्य केन्द्र जोशीपुर का प्रमुख डा. सचिन अवस्थी तथा शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउएका रघुनाथ आदर्श बहुमुखी क्याम्पस बौनिया क्याम्पस प्रमुख नृपबहादुर कुँवर, त्यसैगरी कृषिमा रोमना एग्रीकल्चर प्रालि संचालन राजेश चौधरी एवम व्यवसाय तर्फ युवा स्टार क्याफे जोशीपुर का संचालक भरत डंगौरा लाई दोसल्ला ओढाएर सम्मान गरिएको छ।

कार्यक्रम वर्ष २०२१ का महासचिव धर्मेन्द विष्ट लाई जेसिज अवार्ड प्रदान गरिएको छ। कार्यक्रम वर्ष २०२१ का अध्यक्ष जेसी केशव राज जोशी को सभा अध्यक्षता भएको थियो। वर्ष २०२२ का नव निर्वाचित अध्यक्ष जेसि सुधराम दहितको नेतृत्व मा नयाँ बोर्ड पदाधिकारी गठन गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.