Agni Offset Press

के होला आज दिनभरको मौसम ?

Aarati simant

आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना रहेको हो ।

अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने विभागले जनाएको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ । अझै चिसो नघटिसकेकाले आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.