Agni Offset Press

धनगढी उपमहानगरपालिका द्वारा अत्यावश्यक काम बाहेकका सेवा बन्द

Aarati simant

अत्तरिया : कैलालीको धनगढी उपमहानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै कर्मचारीमा कोरोना देखिएकाले एक साताका लागि सेवा बन्द गरेको जनाएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठद्वारा जारी सूचनामा कर्मचारीमा कोरोना देखिएकाले माघ १२ देखि माघ १८ सम्मसेवा बन्द गरेको उल्लेख छ । सूचनामा स्वास्थ्य, सरसफाई, दमकल र एम्बुलेन्स सेवा भने नियमित सूचारु रहने जनाइएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.