जोशीपुरमा घुम्ती खोप सेवा संचालन गरिने

जोशीपुर : कैलालीको जोशीपुरमा घुम्ती खोप सेवा सञ्चालन हुने भएको छ । जोशीपुर गाउँपालिकाको मंगलबार बसेको बिपद् व्यवस्थापन समिति बैठकले यस्तो निर्णय गरेको हो ।
जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीको संयोजकमा बैठक बसेको हो । वडा कार्यालय को सिफारिस गरेको आधारमा अपाङ्गता भएका तथा ७० वर्ष माथि जेष्ठ नागरिक जनतालाई घुम्ती खोप सेवा प्रदान गर्ने निर्णय गरेको छ। साथै नास्ता पसल, मेडिकल, खाजा घर, वडा कार्यालय, गाउँपालिका कार्यालय आदि बाट खोप नलगाएका ब्यक्तिलाई कुनै पनि सेवा प्रदान नगर्ने निर्णय गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.