Agni Offset Press

राष्ट्रिय सभा निर्वाचन : सुदूरपश्चिममा मतदान लगभग सम्पन्न

Aarati simant

अत्तरिया : सुदूरपश्चिममा राष्ट्रिय सभाको मतदान लगभग सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेबाट सुरु भएको मतदानमा अब एक मत मात्रै खस्न बाँकी छ । दार्चुलाको महाकाली नगरपालिकाका मेयर मतदानका लागि आउन बाँकी रहेको सहायक निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिए ।

उनका अनुसार दिउँसो ३ बजेबाट मतगणना सुरु हुनेछ । प्रदेश सभा सदस्य ५२ जनामध्ये ५२ जनाले नै मतदान गरिसकेको र स्थानीय तहको १७५ जनामध्ये १७४ जनाको मात्रै मत खसेको उनले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्। नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।

यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.