अत्तरिया, १२ माघ : नेकपा (एमाले) गोदावरी नगरपालिका वडा नम्बर ६ को पार्टी कार्यालय उद्घाटन गरिएको छ । बुधबार एमाले पार्टी सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टले कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनमा कैलाली जिल्ला पार्टी सचिव डेजी पाण्डे, नगर अध्यक्ष गोकर्ण भट्ट, लगायत नेता कार्यकर्ताहरुको उपास्थिति रहेको थियो ।
वडा कार्यालय उद्घाटनले पार्टीका गतिबिधि सन्चालन गर्न सहज हुने वडा अध्यक्ष सन्तोष सिँहले बताए । उनले आगामी हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाइ एक नम्बर बनाउने बताए । यस्तै कार्यक्रमा नगर इंचार्ज रामप्रसाद चौधरी, निबर्तमान जिल्ला कमिटि सदस्य हरि फुलारा लगायत को अन्य वडा कमिटिका पधाधिकारि को पनि सहभागिता रहेको थियो । कार्यक्रम कोरोनाको मापदन्ड पालना गर्दै सम्पन्न गरेको हो ।