Agni Offset Press

हिमशिखर सहकारीको बीउ प्रशोधन तथा भण्डारण गोदामको शिलान्यास

Aarati simant

अत्तरिया : धनगढीमा मुख्य कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बीउ प्रशोधन, भण्डारण तथा बजारीकरण प्रयोजनका लागि गोदाम घरको शिलान्यास गरेको छ ।

सुदूरपश्चिम प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्री बिनीता चौधरीले भवनको शिलान्यास गरेकी हुन् । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर एक बिसनपुर सहकारीको आफ्नै जमिन १२ कठ्ठा ४ धुरमा गोदाम निर्माण हुँदै छ ।
कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहित ५० लाख ४० हजार ३ सय ५९ रुपैयामा गोदाम निर्माण हुने छ । ४० लाख रुपैयाँ ज्ञान केन्द्र र १० लाख ४० हजार ३ सय ५९ रुपैयाँ हो । आगामी असार १५ गते भित्र सम्पन्न गर्ने गरी सम्झौता भएको हिमशिखर सहकारीका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए ।

गोदाम शिलान्यास कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चोधरी, कृषि ज्ञान केन्द्र कार्यालय कैलालीका प्रमुख खगेन्द्र शर्मा तथा संस्थाका सम्पूर्ण पदधिकारी लेखा समितिका पदाधिकारी, प्रमुख कार्यालयका प्रवन्धक लगायत कर्मचारीको उपस्थिति थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.