Agni Offset Press

सरकारी अस्पतालमा पीसीआर परीक्षण गर्दा शुल्क तिर्नुपर्ने

Aarati simant

धनगढी : अबदेखि सरकारी अस्पतालहरूमा समेत पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा सेवाग्राहीले शुल्क तिर्नुपर्ने भएको छ ।
धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ सय रुपैया शुल्क लाग्ने भएको छ । प्रादेशिक अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आफ्नै इच्छाले कोरोनाको परीक्षण गराउँदा सेवाग्राहीले आठ सय रुपैया शुल्क तिर्नुपर्ने जनाएको छ ।
स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाइको निर्णय अनुसार पिसिआर परीक्षणको शुल्क तोकिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीका अनुसार अबदेखि वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि अवथा अन्य कुनै प्रयोजनका लागि वा आफ्नै इच्छाले कोरोनाको परीक्षण गराउदा सरकारी अस्पतालहरूमा शुल्क लाग्ने छ ।

उनले विशेषज्ञ चिकित्सकले सिफारिस गरेका बिरामीहरूको पिसिआर परीक्षण गर्दा भने शुल्क लाग्ने छैन । यसअघि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना परीक्षण गर्दा आठ सय रुपैया शुल्क तोकेको छ । यस्तै एक हजार पाँच सय शुल्क तिरेर निजी प्रयोगशालामा पिसिआर परीक्षण गराउन सकिनेछ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.