अत्तरिया, १३ माघ : सुदूरपश्चिम प्रदेशमा थप ५५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार १ हजार ६ सय ६ जनाको एन्टिजेन र ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा आज ५५८ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहिबार संक्रमण पुष्टि भएकामध्ये सय जना भारतबाट फर्केका नागरिक हुन् । सुदूरपश्चिमका नाका भएर ९१८ जना स्वदेश फर्केका छन् । निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ९९२ जना सक्रिय संक्रमित पुगेका छन् । उनीहरुमध्ये ११७ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् ।
यसैगरी प्रदेशमा थप २ संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका–५ का ६२ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको हो । यस्तै बर्दगोरीया गाउँपालिकाका ७५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । यही महिनाको ७ गते चेक गर्दा उनको रिपोट पोजेटिभ आएको थियो । उनी सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत थिए ।
सम्बन्धित पाेस्टहरु