Agni Offset Press

बेलडाँडी गाउँपालिकामा अवैध बाटोबाट कर्मचारी भर्ना, स्थानीयकाे विरोध

Aarati simant

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा अवैध बाटोबाट कर्मचारी भर्ना गरिएको आरोप लागेको छ । नियमविपरित कर्मचारी भर्ना गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

गाउँपालिकाले पुस ३० गते तीन जना कर्मचारीलाई दैनिक ज्यालादारीमा काम गर्ने भन्दै नियुक्ती गरेको छ । जसमा दिपेन्द्रबहादुर बिष्टलाई योजना तथा कार्यक्रमको सुपरिवेक्षण गर्ने चौकिदारको पदमा नियुक्त गरिएको छ भने निरज कठायतलाई कार्यालयसंग जोडिएको पार्कको रेखदेखका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्ने गरि अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि नियुक्ती दिइएको छ ।

यस्तै रौतेली स्वास्थ्यचौकीमा कोभिड १९ रोकथाम सम्बन्धी कामकाजका साथै कार्यालयले तोकेबमोजिमको कामकाज गर्ने गरी अर्को व्यवस्था नभएसम्मका लागि भन्दै अहेब पदमा सुनिता रानालाई २० हजार पारिश्रमिक दिने गरि माघ १ गतेदेखि २०७९ असार मसान्त ६ महिनासम्मका लागि नियुक्ति दिइएको छ ।

गाउँपालिकामा नयाँ अधिकृत पुस २६ गते हाजिर भइसक्दा समेत ३० गते पुरानै अधिकृतले नयाँ कर्मचारीलाई नियुक्ति दिएको स्थानीयको आरोप छ । गाउँपालिकाको कार्यालयबाट सुरुवा भइसकेका गणेशराज जोशीले नयाँ कर्मचारीलाई नियुक्ति दिएको आरोप छ । जोशी जिल्ला समन्वय समितिमा सरुवा भइसकेका अधिकृत हुन् । गाउँपालिकाले सूचना समेत ननिकालेर मनोमानी तरिकाले कर्मचारी भर्ना गरेको स्थानीय लक्ष्मी जैशीले बताइन् ।

आफू माघ ३ मात्रै सरुवा भएको दाबी गर्दै गाउँपालिकाका तत्कालिन अधिकृत भट्टले दैनिक ज्यालादारीका हिसावले आवश्यक कर्मचारी भर्ना गरेको बताए । उनले ज्यालादारी कर्मचारीका लागि सूचना खोल्न आवश्यक नरहेको समेत बताए । अर्कोतर्फ गाउँपालिकामा नयाँ सुरुवा भएर आएका अधिकृत पदमराज जोशीले आफू पुस २६ गते नै कार्यालयमा हाँजिर भएको बताएका छन् । उनले कर्मचारी भर्ना सम्बन्धी आफूलाई धेरै कुरा जानकारी नरहेको समेत बताए ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले रौतेली स्वास्थ्यचौकीमा अहेव आवश्यकता भएकाले भर्ना गरिएको बताएका छन् । उनले यसअघि सोही ठाउँमा स्वयमसेवकको रुपमा सेवा गरेकै व्यक्तिलाई भर्ना गरिएको बताए । उनले अन्य दुई जनालाई पनि दैनिक ज्यालादारीमा भर्ना गरिएको बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.