Agni Offset Press

नवजीवनको दशौं सेवा केन्द्र हसुलियामा सञ्चालन

Aarati simant

अत्तरिया : सूदुरपश्चिम प्रदेशकै सबै भन्दा ठूलो सहकारी संस्था नवजीवन सहकारी संस्थाले आफ्नो १० औं शाखा (सेवाकेन्द्र) कैलारी गाउँपालिकाको हसुलिया बजारमा स्थापना गरेको छ ।

कैलारी गाउपालिकाका अध्यक्ष लाजुराम चौधरी र सहकारीका उपाध्यक्ष डा. गोविन्दराज जोशीले बिहीवार सयुक्त रुपले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

बढ्दो कोभिडको जोखिमका कारण स्वास्थ्य मापदण्ड अपनाई सेवाकेन्द्र उदेघाटन गरिएको थियो । सो अवसरमा संस्थाका सन्चालक एबम कर्मचारीहरुको उपस्थिति रहेको थियो । २०५० मा स्थापना भएको नववजीनका सीमित बैकिङ कारोबारको अनुमति पाउने नेपालको पहिलो सहकारी हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.