Agni Offset Press

सुदूरपश्चिमा थप २ जनाको कोरोना संक्रमतिको मृत्यु

Aarati simant

अत्तरिया, १६ माघ : सुदूरपश्चिम प्रदेशमा आईतबार थप ३ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २२५ जनाको एन्टिजेन र ६९ जनाको पीसीआर परीक्षण गर्दा २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आईतबार सुदूरपश्चिमका नाका भएर ६६६ जना स्वदेश फर्केका हुन् ।

उनीहरु मध्य ४७ जना कोरोना पुष्टि भएको भारतबाट फर्केका नागरिक रहेको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । योसंंगै सुदूरपश्चिममा ४ हजार ७४३ जना कोरोनाका सक्रिय संक्रमित पुगेका छन् । यस्तै आईतबार २ जनाको मृत्यु भएको छ । धनगढीको सेती अस्पतालमा उपचाररत कैलालीकी एक महिला र कञ्चनपुरका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.