Agni Offset Press

नेफा सुदूरपश्चिम प्रदेश अध्यक्षतामा : ढुङ्गाना

Aarati simant

अत्तरिया, १६ माघ : नेपाल जनस्वास्थ्य संघ (नेफा) सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । धनगढीमा नेफाको दोस्रो वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
नेफा सुदूरपश्चिम प्रदेशमा झनकराज ढुङ्गाना अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा जानकी पराजुली मिश्र, सचिवमा अशोकराज जोशी, कोषाध्यक्षमा महेशप्रसाद विष्ट, सह–सचिवमा धनराज मिश्र चयन भएका छन् । यस्तै, सदस्यमा देवी चन्द्र थापा, प्रकाश देउवा, लालमणी जोशी, सञ्जयबहादुर चन्द, अन्जु भट्ट र नृपबहादुर डङ्गोरा चयन भएका छन् । नवगठित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक लालबहादुर धामीले प्रमाणपत्र वितरण गरेका थिए । सो अवधिमा निवर्तमान अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य दयाकृष्ण पन्तले पद हस्तान्तरण गरेका थिए ।
सो अवसरमा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव रिता भण्डारीले महामारी नियन्त्रण तथा व्यवस्थापनमा जनस्वास्थ्यकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको बताए । संघका केन्द्रीय अध्यक्ष बसन्त अधिकारीले जनस्वास्थ्यकर्मीहरुको हकहित र पेशागत सुधारका लागि पहल गर्ने बताए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.