Agni Offset Press

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुल निर्माणका लागि सम्झौता

Aarati simant

दार्चुला : दार्चुलाको महाकाली नदीमा मोटरेबल पुल निर्माण गर्न भारत र नेपालबीच मंगलवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको अनुदानमा महाकाली नगरपालिका–८ अस्खेडा बगर र भारततर्फ बलुवाकोट नजिकको थार्चुम बगर जोड्ने गरी पुल निर्माण हुनेछ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस परियोजनाले नेपालको सुदुरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार कनेक्टिभिटीलाई सुदृढ बनाउनुका साथै दुवै तर्फको सीमा समुदायबीच रहेको जनता–जनताबीचको सम्पर्कलाई थप मजबुत बनाउने भारतीय दूताबासले उल्लेख गरेको छ । यसका साथै दूतावासले उक्त पुलको निर्माण चाँडै सुरु गर्ने योजना रहेको पनि जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.