Agni Offset Press

सुदूरपश्चिममा थप २४६ जनामा कोरोना संक्रमण

Aarati simant

अत्तरिया, १८ माघ : सुदूरपश्चिम प्रदेशमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांक अनुसार ९ सय २८ जनाको एन्टिजेन र २ सय १४ जनाको पीसीआर परीक्षण गर्दा आज २४६ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबार संक्रमण पुष्टि भएकामध्ये ३४ जना भारतबाट फर्केका नागरिक हुन् । सुदूरपश्चिमका नाका भएर ६६२ जना स्वदेश फर्केका छन् । निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ५०८ जना सक्रिय संक्रमित पुगेका छन् । उनीहरुमध्ये ८१ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा एकजना संक्रमितले ज्यान गुमाएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको सेती अस्पतालमा मृत्यु भएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.