Agni Offset Press

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, इतिहासमै उच्च

Aarati simant

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। यससँगै पेट्रोलियमको भाउ अहिलेसम्मकै उच्च भएको छ । मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, आन्तरिक हवाई इन्धन र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य बढाइएको हो। योसँगै पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल आयल निगमका अनुसार साबिकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टितेल प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ। अब पेट्रोल १४२ र डिजल÷मट्टितेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ। यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो।

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ। निगमका अनुसार अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य डलर १ हजार ९५ कायम भएको छ। एलपी ग्यासको मूल्य यथावत छ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.