Agni Offset Press

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा प्रदर्शन, इन्सपेक्टर घाईते

Aarati simant

धनगढी : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा प्रदर्शन भएको छ । एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको हो । सोही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि केही बेर हातहालाहाल भएको थियो ।
प्रर्दशनका क्रममा वडा प्रहरी कार्यलय धनगढीका इन्सपेक्टर गौरी जैशी र एक जना अर्को प्रहरी जवान घाईते भएका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले जनाएको छन्। नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ। योसँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.