डडेल्धुरा : डडेल्धुराको नवदुर्गा गाउँपालिका–३–भट्गाउँका स्व. विक्रमबहादुर धामीको परिवारलाई क्षतिपुर्ति दिएको छ । नवदुर्गा डडेलधुरा–काठमाडौं सेवा समाजको पहलमा पुस २२ गते काठमाडौं दक्षिण कालि नगरपालिका वार्ड न. छ मा ट्रयाकटर दुर्घटनामा परि दिवगंत भएका स्व. विक्रमबहादुर धामीको परिवारलाई क्षतिपूर्ति वाफतको रकम ५ लाख ५० हजार रुपैया दिलाएको हो ।
काठमाण्डौँ सेवा समाजका अध्यक्ष कृष्ण ऐर को नामबाट दिएको जाहेरीको आधारमा पर्सा जिल्ला घर भएका ट्याक्टर चालक बिनोद यादबलाइ पक्राउ गरेको हो । राहतस्वरूप प्राप्त क्षतिपूर्ति वाफतको रकम मृतकका दाजु दानबहादुर धामीलाई माघ १८ गते हस्तान्तरण गरिएको हो ।
सेवा समाज सल्लाहकार समिति संयोजक गगन सिंह ऐरले सो क्रममा आफ्नो व्यस्त समयका बावजुत पनि समय निकालेर प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सवै सहयोगी मनहरूमा हार्दिक आभार सहित कृतज्ञता व्यक्त गरे । मृतक विक्रमबहादुर धामी को परिवारले मृतकको दाहासंस्कारका लागि घरबाट पठाएको तीस हजार समेत मृतकको परिवारलाई फिर्ता गरि दाहसंस्कारको सम्पुर्ण खर्च समेत सेवा समाज आफैले गरेको थियो ।
सम्बन्धित पाेस्टहरु