सुदूरपश्चिममा थप २०३ जनामा कोरोना संक्रमण

धनगढी : सुदूरपश्चिम प्रदेशमा थप २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ सय ३० जनाको एन्टिजेन र १ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा आज २०३ जनामा संक्रमण पुष्टि भएको हो।

बुधबार संक्रमण पुष्टि भएकामध्ये ४६ जना भारतबाट फर्केका नागरिक हुन्। बुधका। सुदूरपश्चिमका नाका भएर ७५४ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ४७२ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये ८० जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.