Agni Offset Press

सुदूरपश्चिममा २३ अर्बको लगानीमा ३५० मेगावाट सौर्य ऊर्जा उत्पादनको लागि अध्ययन गर्न अनुमति

Aarati simant

अत्तरिया : लगानी बोर्डले सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाटको सौर्य ऊर्जा उत्पादनको लागि सम्भावना अध्ययन गर्न अनुमति दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको लगानी बोर्डको बैठकले डोटी र डडेल्धुरामा दुईवटा आयोजना गरेर ३५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्नको लागि एमएस सेन्ट्रल इलेक्ट्रोनिक्स लिमिटेडलाई अनुमति दिने निर्णय गरेको हो ।

बैठकले डाबर नेपालले प्रस्ताव गरेको ९ अर्ब ६८ करोड पुँजी थप्ने प्रस्तावलाई समेत स्वीकृत गरेको छ । बैठकले तल्लो अरुण आयोजना निर्माणको लागि भारतीय कम्पनी एसजेवीएन लिमिटेड इन्डियाले प्रस्ताव गरेको प्रारम्भिक प्रतिवेदनलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.