Agni Offset Press

अपि सैपाल सहकारीको १२ औँ बार्षिक साधारणसभा : अध्यक्षमा पुनः रोकाया

Aarati simant

विमला महरा
अत्तरिया, २८ माघ : कैलालीको गोदावरी नगरपालिका रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रबार औपचारिक कार्यक्रमका बीच संस्थाको आर्थिक बर्ष २०७७÷०७८ को बार्षिक प्रतिबेदन, आयब्याय र आगामी योजनाहरु प्रस्तुत गर्दै बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्था संचालक समितिका अध्यक्ष बसन्त रोकायाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा गोदावरी नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णराज जोशी प्रमुख अतिथि थिए । कार्यक्रमको विशिष्ट अतिथीमा संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष मेघराज भट्ट रहेका थिए । यस्तै अतिथिमा सहकारी संस्थाको उपाध्यक्ष बालकृष्ण प्रसाइ, सहकारीका कोषाध्यक्ष भरतबहादुर खत्री, र सहकारीका सदस्यहरु डा नरबहादुर मौनी, विर सिं कार्की र छबिराज पाण्डेय रहेका थिए ।
सानो पुजीँवाट स्थापना भएको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नागरिकहरुका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । संस्था संचालक समितिका अध्यक्ष रोकायाले सहकारीले बचत गर्ने बानीको विकाससंगै नेतृत्व क्षमताको पनि विकास भएको बताए बताए । उनले सबैले सहकारीमा आबद्ध भएर आफ्नो आम्दानीको थोरै रकम बचत गर्नुपर्ने बताए । संस्थाको प्रत्येक बर्ष शेयर सदस्य र पुुजीँ बढ्दै गएपछि १२ बर्ष सम्म आइपुग्दा संस्थाको शेयर पुजीँ १ करोड ३३ लाख ४३ हजार ४०० रुपैया रहेको छ । संस्थाले आर्थिक बर्ष २०७७÷०७८ को अषाढ समान्त सम्म आइपुग्दा ५३ लाख ३३ हजार ६ सय ६३ रुपैया बराबरको कारोबार गरेको छ । संस्थाले गत एक बर्षमा सबै खर्चहरु कटाएर १४ लाख २७ हजार १३६ रुपियाँ खुद नाफा गरेको छ ।

यस्तै २०७८ साल अषाढ मसान्त सम्ममा संस्थाले १ करोड २ लाख ७९ हजार ९३० रुपियाँ बराबरको कुल बचत रकम संकलन गरेकोमा ६ करोड ५८ लाख ९१ ह्जार ३१ रुपैया ऋण लगानी गरेको छ ।
९ औँ साधारण सभाको निणर्य बमोजिम अपि अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले दिदै आएको ५ लाख सम्मको ऋणलाइ आधारमा ७ लाख सम्म दिन सुरु गरिएको छ ।

नेपाल राष्ट्र बैंक संग सहकार्य गरे अनुरुप सहकारीले ग्रामीण स्वालम्बन कोष सञ्चालन गरिएको अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बसन्त रोकायाले बताए । यस सहकारी संस्थाले आफ्नो सेवा विस्तार गर्ने क्रममा रेमिटान्स, हिमाल रेमिटान्स, प्रभु मनि ट्रान्स वइस्र्टन मनि ट्रन्स संग सम्क्रौता गर्दै सेवा सुचारु गर्दै आइरहेको छ । उक्त सस्थाले सहकारीमा आबद्ध शेयर सदस्य तथा आबद्ध बचत कर्ता तथा ऋण लाइ सहज र छिटो छरितो सेवा दने उदेश्यले सेवा केन्द्र खानिडाँडामा पनि सफटवयर संञ्चालन गरी वानलाइनबाट सेवा प्रदान गरिरहेको छ । संस्थाका अध्यक्ष रोकायाले संस्थाले प्रदान गर्दै आएका सेवा सुविधा बारे जनकारी गराउदै सहकारी संञ्चालनका क्रममा जान अन्जानमा भएका कमिकमजोरीलाइ अगामी दिनमा संस्थाले सुधार गर्दै लैजाने बारे जानकारी गराउदै सहकारीका सस्थापक तथा लेखा संयोजक स्व सुर्दसन ऐरको बिश्वव्यापी माहामारी कोभिडले मृत्यु भएको हुदा व्यक्तिगत तथा संस्थाको तर्फबाट भाब पुर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
संस्थाको अध्यक्षमा पुनः रोकाया
अपि सैपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्षमा पुनः ललित रोकाया चयन भएका छन । संस्थाको १२ औ साधारण सभा एवम् पाँचौ अधिवेशनबाट संस्थाको अध्यक्षमा रोकाया सर्वसम्मत चयन भएका हुन ।
अधिवक्ता विरबहादुर जेठाराको संयोजकत्वमा गठित ३ सदस्यीय निर्वाचन समितिले अधिवेशनको बन्दसत्रबाट संस्थाको पुरानै कार्यसमितिलाई पुनः दोहो¥याएको छ । नयाँ चयन भएको कार्यसमितिको उपाध्यक्षमा बालकृष्ण प्रसाई, सचिवमा मदनराज शर्मा र कोषाध्यक्षमा भरत बहादुर खत्री रहेका छन भने सदस्यहरुमा डाक्टर नरबहादुर मौनी, विर सिँह कार्की र छविराज पाण्डेय रहेका छन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.