Agni Offset Press

धनगढीमा ११ करोड लगानीमा रिसोर्ट संचालनमा ल्याउने तयारी, भवनको भयो सिलान्यास

Aarati simant

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रिसोर्ट सञ्चालनमा ल्याउते तयारी छ । स्थानीय युवाहरु मिलेर ११ करोडको लगानीमा सुविधा सम्पन पिस ल्याण्ड रिसोर्ट संचालनमा आउँने भएको हो ।
धनगढीका युवा विक्रम शाह र कविन्द्र ऐरले संयुक्त लगानीमा रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् । धनगढीको बडहरा क्षेत्रमा निर्माण हुने रिसोर्टको सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बलबहादुर ऐरले सिलान्यास गरेका छन् ।
एउटै छानामुनी सवै सुविधा सहित अबको ४÷५ महिना भित्र सञ्चालन गर्ने लक्ष्य लिएको रिसोर्ट सञ्चालक मध्यका विक्रम शाहले जानकारी दिए । ‘धनगढीमा विभिन्न होटल रिसोर्ट खोल्नेक्रम तिब्र छ । हामीले सुरुवात गरेको रिसार्ट अरु भन्दा फरक सेवा सुविधा भएको हुने छ’, उनले भने । ‘रिसोर्टमा एसी रुम सहित बार, साईकिलिङ, स्वीमिङ पुल, बैठक हल, टिकटक स्पोट पनि निर्माण गरिने छ ।’ । रिङ रोडमा भएको हुँदा धेरैका लागि रिसोर्ट फाइदाजनक हुने उनले बताए । नयाँ निर्माण हुने रिसोर्टमा समय समयमा विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गर्न सकिन्ने गरी निर्माण हुँदै छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.