Agni Offset Press

कृषिमा युवाको आकर्षण : खानीडाँडामा कालिज पालनमा जमेका विकास

Aarati simant

अत्तरिया :  कैलालीको टीकापुरका ३२ बर्षीय युवा विकास न्यौपानेलाई सानैमा पशुपञ्छि पालनगर्ने हुटहुटी थियो । आर्थिक अवस्थाका कारण व्यवसायीक रुपमा अगाडि बढ्न सकेका थिएनन् । त्यसै क्रममा विकास रोजगारको शिलशिलामा दक्षिण कोरिया पुगे । त्यहाँ पाँच बर्ष विताए । पाँच बर्षपछि फेरि नेपाल फर्कीए । पाँच बर्ष विदेशमा बसिसकेपछि उनी आर्थिक रुपमा सबल भए । नेपाल आउने वित्तिकै उनले काठमाण्डौँमा साझेदारीमा भए पनि व्यवसायी सुरु गरे ।


सुरुमा काठमाण्डौँमा लाकुरीभञ्ज्याङमा साझेदारीमा कालिज फार्म सञ्चालन गरेका थिए । कोरियाबाट फर्किएपछि नेपालका विभिन्न स्थानका कालिज फर्मको अवलोकन र सञ्चालकहरूसँग प्राविधिक ज्ञान लिएर व्यवसाय सुरू गरेको न्यौपानेले बताए । ‘काठमाडौं, पोखरा लगायत ठाउँमा कालिज फर्म हेरेर तिनका सञ्चालकसँग प्राविधिक रूपमा सल्लाह लिएर सुरू गरेका थियौं,’ विकासले भने । ‘सुदूरपश्चिममा कालिजको माग धेरै आएपछि यहाँ सुरु गरेको हो ।’ लकडाउनकै बेला त्यहाँ छाडेर एकल रुपमा कैलालीको खानीडाँडामा व्यवसाय सुरु गरेका हन् । २०७७ बाट खानीडाँडामा साढे तीन सय कालिजका चल्ला हालेर उनले व्यवसायी अगाडि बढाएका हुन् ।


कैलालीको चुरे गाउँपलिका–५ निङलाडी त्यसै पनि रमाईलो क्षेत्र हो । पछिल्लो बर्ष कालिज पालन सुरु गरेपछि अझै सुन्दरता थपिएको छ । निङलाडी क्षेत्रमा हरियाली जंगलको बीचमा चारैतिर घेरबार गरि माथिबाट निलो र सेतो तारजालीले ढपक्क ढाकिएका ती फोर्मभित्र चिरबिर चिरबिर गर्दै धुलोमाटो खेलिरहेका कालिज हेर्दै आकर्षक देखिन्छन् । खानीडाँडा पुगेकाहरू धेरैजसोले कालिज फार्मसमेत अवलोकन गर्छन ।
परिवार सहित भिमदत्त राजमार्गको छेउमै रहेको जंगलमा कालिज पालन गरेर बसेका ३२ बर्षीय विकास फर्ममै व्यस्त हुन्छन् । उनले कालिज मात्र होइन । कुखुरा, लौकट र टर्की समेत पालन गरेका छन् । यति मात्र होइन विकास कोहि व्यक्ति कालिज पालन गर्ने उदेश्यसका साथ फोर्ममा पुगेमा त्यसलाई सल्लाह सुझाव सहित पठाउन्छन् । ‘मैले मात्र व्यवसाय गर्नु छैन्’, विकासले फरकधारसंग कुरा गदैँ भने । ‘अरुलाई पनि व्यवसायी बनाउनु छ । इच्छा हुने व्यक्तिलाई सम्पूर्ण तरिका सहित पठाउने गरेको छु ।’ उनले कालिज पालनबाट घाटा नहुने उल्लेख गरे । ‘कालिज पालनमा धर्यता चाहिन्छ । घाटा हुँदैन्’, उनले भने । ‘मैले मात्र महिनाको डेढ देखि २ लाख रुपैयाँ आम्दानी गरेको हुन्छु ।’


सुप एकीकृत कृषि तथा पशुपञ्क्षी फार्म सञ्चालन गरेका उनले सुदूरपश्चिममै कृषि ब्यवसायको सम्भावना देखेर राजधानी काठमाण्डौँबाट यहाँ आएका हुन् । सुरुमा ३० लाख रुपैयाँ लगानीमा सुरु गरेका उनले अहिले ५५ लाख रुपैयाँ पुगानी पुगाई सकेका छन् । उनले आफ्नो परिवार, भाई र एक जना अर्को कामदार सहित ४ जना फार्ममा धसिएका हुन्छन् । ‘दाना, पानी खुवाउने देखि रेखदेखसम्म २४ घण्टा खटिएका हुन्छौँ’, विकासले भने । ‘त्यसको प्रतिफल पनि राम्रै आउने गरेको छ ।’ उनले आफ्नो फर्ममा कालिजको माग सुदूरपश्चिममा मात्र होइन । नेपाल भरि आउने गरेको बताए । भारतबाट समेत कालिजको माग आउने गरेको विकासले सुनाए । ‘कालिजको माग नेपालमा मात्र होइनन । भारतको केरालाबाट समेत माग आएको छ । तर, पुगाउन सकेका छैनौ’, उनले भने ।


कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । त्यसै अनुसार यहाँका फार्म सञ्चालकहरूले फराकिलो जंगल रोजेका हुन । माइनस डिग्री तापक्रममा पनि बस्न सक्ने बन पंक्षी कालिजका लागि १८ देखि २२ डिग्री तापक्रम उपयुक्त मानिन्छ । खानीडाँडा क्षेत्रको तापक्रम पनि त्यही हो । आहारका लागि हरियो घाँस र कुखुरालाई दिने दाना नै दिने गरेको उनको भनाई रहेको छ ।
१० वर्षको सम्झौता गरेर बार्षिक एक लाख २५ हजार भाडा तिर्ने गरि ३० रोपनी जग्गा भाडामा लिएर विकासले कालिज पालन व्यवसाय सञ्चालन गरिरहेका हुन् । साढे तीन सय कालिजका चल्लाबाट सुरु गरेको व्यवसायी भाले पाथि गरी ३ हजार सम्म पुगाए । ‘साढे तीन सय कालिजका चल्लाबाट सुरु गरेको व्यवसायीमा हुर्काउँदै जादा ३ हजार पुगे’, विकासले भने । ‘अहिले सबै विक्रि गरेर ६ सय मात्र कालिज फर्ममा रहेका छन् ।’


चुरे क्षेत्रमा व्यवसाय गरेका विकास कालिज, कुखुरा, टर्की र लौकटको होमडेलिभर समेत गर्छन् । उनलाई फोनमा अर्डर आउन्छ । उनी मोटरसाईकलमै माग गरेको ठाउँमा पुुग्छन् । सुरुमा भिरालो जमिनमा बस्ने टहरा देखि तार जालीसम्म गर्दा यो रकम खर्च भएको उनले सुनाए । यस बर्ष सुदूरपश्चिम प्रदेश सरकारबाट १० लाख रुपैयाँ अनुदान पाएको बताए ।


सुरुमा काठमाण्डौबाट यहाँ आउन जान समस्या भएको उनले गुनासो सुनाए । उनको रेस्टुरेण्ट समेत खोल्ने लक्ष्य रहेको छ । ‘फोर्म हेर्ने मात्र पनि धेरै पुुग्छन्’, उनले भने । ‘अव नयाँ बर्ष देखि रेस्टुरेण्ट समेत सञ्चालनमा ल्याउने छु ।’ फोर्ममा कामगर्ने कामदार समेत नभेटिएको उनले गुनासो गरे । ‘कालिज, खुकुराहरुलाई केहि बिरामी भए आफै गएर औषधी ल्याउन्छु । तीन बर्ष अनुभव भयो’, उनले भने ‘डेलिभरि देखि चल्लाहरुको रेखदेख गर्नमा आफै खठिनुपर्छ ।’ उनले कुखुराका लागि समेत छुट्टै फोर्म निर्माण गरेका छन् । हजार कुखुरा छन् । गिरिराज जातको कुखुरा पालेका छन् । ६ सय जति कालिज रहेका छन् । सुरक्षाका लागि चारै तिर करेन्ट सप्लाईको व्यवस्था गरेका छन् । सिसि क्यामरा समेत जडान गरेका छन् । यति मात्र होइन पंक्षीहरुको सुरक्षाका लागि दुई वटा कुकुरा समेत उनले पालेका छन् ।


कालिज पालन व्यवसाय नेपालमा नयाँ हो । यहाँ त्यसका अण्डा र चल्ला नेपालको सबै ठाउँमा पाईदैन् । विकासले ह्याचरिङ को समेत व्यवस्था गरेका छन् । अन्य पंक्षीभन्दा कालिजको मूल्य महँगो पर्छ । नेपालमा जहाँ पनि तौलेर नभई प्रतिगोटाको हिसाबले बिक्री गर्दै आएकोले उनले पनि गोटाको हिसाबले मूल्य तोकेर बिक्री गर्ने गरेको बताए । ‘कालिज केजिको भन्दा गोटाको हिसावले विक्रि हुन्छ’, उनले भने । ‘साढे ३ सय देखि ३ हजार ५ सय सम्म कालिज विक्रि हुन्छ ।’
‘दानापानी गरेर एउटा चल्लाकै लागत हजार सम्म पर्छ । ६ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई ३ हजार सम्म पनि विक्रि गर्ने गरेका छौँ ।’ विकासले भने । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वनजंगलमा पाइने पंक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध गरिएको छ । विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा शिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको व्यवसायीको भनाई छ ।


नेपाल सरकारले कालिज पालनलाई अनुमति दिएको लामो समय पनि भइसकेको छैन । यसको मासुको माग अत्यन्त भएकोले राम्रै आम्दानी गर्न सकिनेमा उनी ढुक्क छन् । ‘सुदूरपश्चिममा कालिजको माग अत्याधिक रहेको छ’, विकासले भने । कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले मागलाई हेरेर अर्को वर्ष कालिजको संख्या बढाउने उनले बताए ।
‘कालिजको मासु रातो हुने भएकोले स्वस्थकर मानिन्छ, यसको मासुमा बोसोको मात्रा कम हुने र प्रोटिनको मात्रा धेरै हुने भएकोले गर्भवती, सुत्केरी तथा बिरामीलाई समेत लाभदायक मानिन्छ,’ विकास भन्छन् ।
कालिज बिक्रीका लागि बजारको कुनै अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पु¥याउने योजना उनको छ । ‘ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुप¥यो मासुको बजारको समस्या छैन,’ उनले भने । कालिज ६ महिनादेखि मासुको लागि तयार हुन्छन् । भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ । पोथी भने ९ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ ।

कालिजले माघदेखि असारसम्म अण्डा दिने र वर्षको एक सिजनमा एउटा पोथीले ५०–५५ वटासम्म अण्डा पार्छ । ३० हजार अण्डा ह्याचरिङ गर्दा २० हजारसम्म चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ । सानो बच्चामै एक दुई वटा भ्याक्सिन दिएपछि कुनै रोग कालिजमा देखिएको छैन । विकासले कालिजमा अन्य पंक्षी जस्तो सितिमिति नदेखिने गरेको बताए । कालिजको लागि पहाडी क्षेत्रको भूभाग र हावापानी राम्रो हुन्छ ।
विकासले कालिजसँगै फर्ममा लोकल कुखुरा र टर्की समेत पालेका छन् । ‘कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ त्यो भयो भने लागत पनि घट्न जान्छ,’ विकास भन्छन् । फर्ममा पालिएका कालिज एकअर्कालाई ठुग्ने, लड्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी तार र जाली लगाएर घेरिएको छ ।
विकासले मात्र होइन खानीडाँडामा कर्मचारी देखि नेता सम्मले कालिज पालन गरेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.