अत्तरिया उद्योग वाणिज्य संघले बुझायो पर्यटनमन्त्री आले समक्ष ४ बुदेँ माग

अत्तरिया : अत्तरिया उद्योग वाणिज्य संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई विभिन्न मागहरु राखेर माग पत्र बुझाएको छ ।
अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार सुरु भएको सुदूरुपश्चिम प्रादेशिक महोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि रहेका मन्त्री आलेलाई आफ्ना मागहरु पुरा गरिदिन आग्रह गर्दै अध्यक्ष असोकराज देवकोटाले बिभिन्न ४ बुदेँ माग सहितको पत्र बुझाएका हुन् ।

बुझाएको मागहरुमा पहिलो गोदावरी नगरपालिका भित्र अभाव रहेको प्रदर्शनीस्थल यथासक्य लामी ताल परिसरकै महोत्सव स्थाललाई तोकि निर्माण सम्पन्न गरिदिन आग्रह गरिएको छ ।

यस्तै श्रीपुर औद्योगिक कारिडोरको कार्य यथासिध्र कार्यन्वयनमा ल्याइदिन, गोदावरी धाम तथा हाटखोली क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरी सोही अनुसार कार्य संचालन गरिदिन र अत्तरिया बजार क्षेत्रको राजमार्गको पूर्वपट्टी रहेको जग्गा नेपाली सेनाको भोगाधिकारमा रहेकाले उक्त जमिनमा बर्षौ देखि आफ्नो घर टहरा बनाई ब्यापार गरिरहेका ब्यापारीहरु स्वंयमको हक हितमा हुने गरि कार्यन्वयन गराइदिन आग्रह गरिएको छ । मागपत्र बुझ्दै मन्त्री आलेले माग पुरा गर्नका लागि सक्दो सहयोग गर्ने बताए ।

यस अघि २०७६ सालमा महोत्सबमा पनि उधोग वाणिज्य संघले कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम सरकारका उद्योग तथा पर्यटन र वनमन्त्री माया भट्ट समक्ष पनि बिभिन्न मागहरु राखेर माग पत्र बुझाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.