फेरि बढ्यो इन्धनको मूल्य : पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपटक ५ रुपैँयाले वृद्वि

काठमाण्डौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य एकैपटक ५ रुपैयाँले वृद्धि गरेको छ। निगमको बिहीबार बसेको बैठकले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोलको मूल्य १५० रूपैँया पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैँया पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको निगमले जनाएको छ।

इन्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको जनाएको छ।
निगमका अनुसार ५(५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा ११ रूपैँया २८ पैसा, डिजेलमा ११ रूपैँया ७८ पैसा घाटा रहेको छ। तर मट्टितेलमा भने १९ रूपैँया ५१ पैसा फाइदा रहेको निगमले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.