अत्तरियामा जारी महोत्सवको ४ दिन म्याद थपियो
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको म्याद ४ दिन थप गर्ने भएको छ ।
महोत्सव दर्शकको माग बमोजिम ४ दिन म्याद थपि गरिएको अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले जानकारी दिएका छन् । महोत्सव अब फागुन २९ गते संम्म संचालन हुने भएको छ । कोरोनाकै कारण अत्तरियामा महोत्सव विगत २ बर्ष देखि हुन सकेको थिएन् ।
फागुन १३ गते देखि सुरु भएको महोत्सवको म्याद ४ दिन थप गरिएको मंगलबार पत्रकार सम्मेलको आयोजना गरी जानकारी दिइएको हो ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा संचालन भइरहेको महोत्सवमा यस अघि फागुन २५ गते सम्म संचालन हुने कार्यतालिका रहेको थियो ।
अत्तरियाको लामिताल परिसरमा संचालित महोत्सवमा अपेक्षा अनुसार कारोवार भइरहेको आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारले प्रस्तुती राखिरहेका छन ।